महासंघमा लगाइएको ताला ११ दिनपछि खुल्यो

महासंघमा लगाइएको ताला ११ दिनपछि खुल्यो

काठमाडौं  । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाइएको ताला ११ दिनपछि खुलेको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारी पत्रकार महासंघले २७ फागुनमा महासंघ केन्द्रमा ताला लगाएको थियो ।

सोमबार तीनबुँदे सहमतिपछि ताला खुलेको हो । पत्रकार महासंघले गैरपत्रकारहरूलाई सदस्यता वितरण गरेको, वर्षौदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखेको र फर्जी सदस्यता बाँडेको, विधानविपरीत सदस्यता स्थानान्तरण गरेको क्रान्तिकारी पत्रकार महासंघको आरोप थियो ।

क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धीकरण, फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टा भर्नासम्बन्धी विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने सहमति भएको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले जानकारी दिए । सहमतिअनुसार महासंघले निर्णय नगरे पुनः तालाबन्दी गर्न बाध्य हुने उनले चेतावनी दिए ।

वार्तामा महासंघका तर्फबाट अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्षद्वय खिलबहादुर भण्डारी, धर्मेन्द्र कर्ण, महासचिव उजीर मगर र क्रान्तिकारीबाट अध्यक्ष राउतसहित उपाध्यक्ष नारायण पंगेनीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.