नेपालमा निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढ्यो

नेपालमा निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढ्यो

काठमाण्डौ । नेपालमा पछिल्लो समय मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढिरहेको छ । नेपालमा ८५ लाखभन्दा बढी मानिसमा कुनै न कुनै किसिमको मानिसक समस्या रहेको अध्ययनहरुले देखाएको छ । नेपालको कुल जनसङ्ख्या मध्य ३० प्रतिशतभन्दा बढीमा मानसिक समस्या रहेको सरकारी तथ्याङ्क छ ।

मानसिक स्वास्थ्यसँगै जोडिएर पछिल्लो समय आत्महत्याको समस्या पनि बढ्दै गएको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेका छन् । मानसिक स्वास्थ्य समस्या र आत्महत्याको सिधा सम्बन्ध रहेको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदाशीनतासँग सम्बन्धित छ । आत्महत्याको समग्र कारणमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या रहेको डाक्टरहरुको भनाइ छ ।

आर्थिक समस्या वा सम्बन्धमा देखा पर्ने दरार, प्रतिष्ठामा आउने आँचका कारण पछिल्लो समय मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ । आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत पूर्व जानकारी दिन्छ । त्यसैले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने डाक्टरहरुले बताएकाछन् ।

यस्तै, मनलाई खुसी राख्न सके मनोरोग नलाग्ने र आत्महत्याका घटनामा पनि कमी आउने डाक्टरको सुझाव छ । मनलाई खुसी बनाउन तनावपूर्ण र समस्याग्रस्त अवस्थामा समेत सकारात्मक सोचको आवश्यकता पर्ने मनोचिकित्सक डा।सरोज ओझाले बताउनुभयो । आएका समस्या समाधान गर्नेतिर नलागि आत्महत्यालाई उपायको रुपमा नलिन डा.ओझाको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.