प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रस्तुत बजेट माथिको छलफल जारी रहने

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रस्तुत बजेट माथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आज मंगलवार विहान ११ बजे बस्ने भएको छ । बैठकमा आव २०८०र८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने हुने भएको छ ।

प्रतिनिधिसभामा हिजोदेखि आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।मन्त्री डा महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ बजेट प्रस्तुत गर्नुभएको थियो ।

यस्तै प्रतिनिधिसभाको हिजो सोमवार बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्यो । यसअघि प्रतिनिधिसभाको हिजो सोमवार बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्यो । सभामुख घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत २२ गते असामयिक निधन भएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट विसं २०७० को संविधानसभामा समानुपातिक सदस्य निर्वाचित हुनुभएको थियो ।

पूर्वसांसद एवं राज्यमन्त्री पाण्डेको ७२ वर्षीयाको उमेरमा गत मङ्गलबार असामयिक निधन भएको थियो । नेपाली कांग्रेसबाट विसं २०४८र५१ मा प्रतिनिधिसभा सदस्य, २०६४ सालको संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.