फेरि अर्को समूह मिटर ब्याजपीडित आन्दोलनमा

फेरि अर्को समूह मिटर ब्याजपीडित आन्दोलनमा

काठमाडौ। मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर सोमबार विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर माइतीघर मण्डलमा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरे । यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको एउटा समितिसँग पाँच बुँदे सहमति गरेको छ । तर सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाण्डौ आएर आन्दोलन सुरु गरेका छन् ।

सोमवार काठमाण्डौमा आएका मिटिरब्याज पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर पीडितले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटर ब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पीडित किसान एक हौँ भन्ने नारासमेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.