बिनोद बिष्ट, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनैतिक दलहरुको कारण नै देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहे बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको र हामी सबै दलका नेताहरुको सोचमा परिबर्तन आएन भने झन समस्या ग्रस्त हुने देखेको छु । तपाईहरुको खबरदारी पनि उत्तिकै जरुरत रहेको बताए । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,” कोइरालाले भने, “तपाईंहरु बुद्धिजीवीहरुले सहि नेताहरुलाई सहि सुचना दिनु होला, सल्लाह दिनु होला, हामी नेताहरुले लिने राज्यको सुबिधा समेत कटौति गर्नु पर्दछ यस तर्फ तपाईहरुको ध्यान जाहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।”
नेता कोइरालाले सुशासन, आर्थिक पारशर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाए । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाए । मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याए । “अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,” उनले भने ।
Leave a Reply