बिराटनगर । धनुषा क्षेत्र नम्बर ४ मा पुनः नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।
उनले गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन् ।
नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री समेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला पनि महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।
Leave a Reply