बिनोद बिष्ट, सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा बहालबाला सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कार्की पछाडि परेका छन् ।
कार्कीलाई एमालेका जगदीशप्रसाद कुसियैतले ६ सय १९ मतले पछि पारेका हुन्। कुसियैतले ५ हजार ५ सय ६८ मत ल्याएका छन् भने कार्कीले ४ हजार ९ सय ४९ मत पाएका छन् ।
कार्र्की भोजपुरबाट सुनसरी क्षेत्र नम्बर ४ मा झरेर २०७४ सालमा प्रतिनिधिसभा चुनाव लड्दै जनतालाई झुकाउदै बिगत बर्षहरुमा विजयी भएका थिए ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ ७ सय ५९ मत साथ तेस्रो स्थानमा छन् ।
Leave a Reply