जिल्लामा गुटउपगुटको अन्त्य हुने– अध्यक्ष ढकाल

जिल्लामा गुटउपगुटको अन्त्य हुने– अध्यक्ष ढकाल

मोरङ । नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले जिल्लामा अब गुटउपगुटको गन्ध पनि नहुने र सबैलाई मिलाएर पार्टी अगाडि बढ्ने बताउनु भएको छ ।
जिल्लाको पथरीशनिश्चरेमा आयोजित २ नम्बर क्षेत्रीय कमिटीले नवनिर्वा्चित जिल्ला कमिटीका पदाधिकारीलाई वधाइ ज्ञापनसहित राखेको २२ औं बैठकमा बोल्दै ढकालले सो कुरा बताउनु भएको हो । निर्बाचित भएपछि कार्यक्रममा पहिलो पटक पुगेका अध्यक्ष ढकालले सो कुरा बताउदै अब आफनो कार्यकालमा यस्ता अन्तरबिरोधको स्वरहरु सुन्न नपर्ने गरी सबैलाई समेटने फरमेट बनाएकोले सबै भन्दा पहिले यस कार्यमा लाग्ने बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी्भित्रको अन्तरविरोधको कुरा उठाएपछि उहाँले एमालेको सम्पन्न आठौं जिल्ला अधिवेशनमा भएका प्यानलगत अन्तरविरोधलाई अन्त्य गरेर पार्टीलाई सुढृढ बनाउने कुरामा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

अगामी माघ २३ मा नयाँ कमिटीको पहिलो बैठक बसी विभिन्न विषयमा छलफल गरी साझा नीति तय गर्ने समेत जनाउन भएको छ । सो अवसरमा जिल्ला अध्यक्ष ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल, उपसचिव धना तामांगसहितका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.