भालुको आक्रमणबाट घाईतेको अन्यत्र उपचार सम्भव नभए पछि बिराट नर्सिगं होममा हुदै

भालुको आक्रमणबाट घाईतेको अन्यत्र उपचार सम्भव नभए पछि बिराट नर्सिगं होममा हुदै

मनोज कुमार चौधरी
बिराटनगर । जंगली भालुले आक्रमणबाट उदयपुर जिल्लाको कटारी नगरपालिकाका नाईन बहादुर पहारी सक्त घाईते भएपछि उनको उपचार बिराटनगर अस्पताल प्रा.लि. बिराटनगरमा सम्भव भएको छ । बिहाननै घांस काट्न जंगल गएका बुवालाई भालुले टोकेछ अनि बुवा बेहोस हुनु भयो तसर्थ पछि हामीले थाहा पायौ र उदयपुरको गाईघाट अस्पताल र धरान क्याम्पमा उपचार नहुने भने पछि हामीले बिराट नर्सिग होममा ल्यायौ र उपचार राम्रो हुदैछ । अब मेरा बुवा बांच्नु हुनेछ भन्ने आशा पलाएको घाईतेका जेठा छोरा बेग बहादुर पहरीले बताए । आज बन्द पनि थियो । गाउं भरि मान्छे जम्मा भयौ र बुवालाई छ्टिो छिटो उपचार गर्न बिभिन्न स्थान हुदै बिराट नर्सिग होममा ल्यायो र डा. राजिब सरले गर्नु भयो राम्रो भयो । यसो हेर्दां आश रहेको भन्दै छोरा बेग बहादुरले आंखा भरी आंशु झार्दै खुशी ब्यक्त गरे । vlcsnap-2019-03-14-14h03m58s454
उदयपुर जिल्ला कटारी नगरपालिका वार्ड न. १ बस्ने बर्ष ७५ का नाईन बहादुर पहरीलाई घांस काट्न जांदा जंगली भालुले आक्रण गरी मरन्नासन्न बेहोस अबस्थामा गाउलेले भेटेका थिए । भालुको आक्रमणबाट सक्त घाईते भएका पहरीको उपचार बेलटार र धरानमा हुन नसकेपछि बिराटनगर ल्याएको हो । शरिर भरि भालुले आक्रमण गर्दा शरिर भरि छिया छिया भएको हुनाले घाईतको अबस्था गम्भिर भएको डा. राजिब कुमार साहले बताएका छन् । आजै ल्याएको हुनाले पनि यो बिरामीलाई बचाउन सकिएको छ अलिक ढिला पनि भयो कतै नलगि बिराट नर्सिग होममा ल्याएको भए अझ उपचार छिटो हुन्थ्यो र बिरामीले रिलिप पाउने डां साह बताउछन् ।
आज बिहान ८ बजे घटेको सो घटनाले गाउ नै तस्रित बनेको छ । उनको शरिर भरि चोट लागेको छ । उदयपुर जिल्लाको सप्तकोशी किनार छेउतिर यति खेर भालु तथा जंगली हातीले आक्रमण गर्न थालेको बिरामी हेर्न आउने घाईतेका कुरुवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.