जुट मिल्सको तयारी : २२ टन जुटको सुतली विक्री गर्ने

जुट मिल्सको तयारी : २२ टन जुटको सुतली विक्री गर्ने

विराटनगर । नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले उत्पादन विक्री गर्ने तयारी गरिएको छ ।

जुट मिल्स संचालन भएको ढेड महिनापछि उत्पादन गरेको २२ टन जुटको सुतली विक्री गर्ने तयारी गरेको हो । यस अघि बारम्बार बन्द हुँदै संचालनमा आएको यस उद्योगले उत्पादन गरेपनि विक्री गर्न सकेको थिएन् । झण्डै एक दशक पछि उत्पादन विक्री लागेको हो । मिलले ७२ इन्च र ९० इन्च जुटको सुतली उत्पादन गरेको छ ।

७२ इन्चको ७ टन, ९० इन्चको १५ टन सुतली उत्पादन गरेको विराटनगर जुट मिलको अध्यक्ष बसन्त वनले जानकारी दिए । ९० इन्च लामो सुतली भारतको विक्री गर्ने तयारी गरिएको छ भने ७२ इन्चको स्वदेशको उद्योगमा विक्री गर्ने बताइएको छ । ९० इन्चको लामो सुतली स्वदेशमा विक्री नहुने भएकोले छिमेकी राष्ट्रयमा विक्री गर्ने तयारी उद्योगले गरेको हो । ‘मर्मत पछि मिल पुन रुपमा चल्दै आएको छ,’ अध्यक्ष वनले भने, ‘उत्पादन भएको जुट दशै अगाडी विक्री गर्ने तयारी गरेका छौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.