बिराटनगरको बिकास निमार्णले गति लिदै

बिराटनगरको बिकास निमार्णले गति लिदै

बिराटनगर उपमहानगरपालिकाले बिराटनगर बजारमा भैरहेको बिकासका कामलाई तिव्ररुपमा अगाडि बढाएको छ । धुलो र धुवाले आक्रान्त बनेका नगरबासीहरुले केही राहतको महसुस गरेका छन् ।
२२ वडा  रहेको यस नगरका सबै वार्डमा सडक भत्केको छ । सुस्तरुपमा निर्माण कार्यलाई अगाडि बढाएको नगरपालिकाले ठेकदारलाई बोलाएर कामलाई छिटो सक्न निर्देशन दिए पछि कामले गति लिएको बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले बताउनु भयो । बिराटनगर बस पार्कको काम तिब्र भएको छ । बसपार्कलाई शिक्षा कार्यालय मोरगंको पश्चिममा रहेको फराकिलो जग्गा लिजमा लिएर सारिएको छ भने मेन सडकमा सबै निकाय संग समन्वय गरेर काम अघि बढेको छ । सहरी विकासमा आर्थिक, सामाजिक ,राजनैतिक तत्वले प्रभाव बनाएको हुन्छ । सबैको तालमेल मिलेमा मात्र बिकास हुन्छ नत्र यो सम्भव हुदैन् । सबै ठाउमा राजनैतिकले विकासको कामलाई अबरुद्ध गरेको छ । बिराटनगर पनि यो समस्याबाट पछि परेको छैन् । सबैको सहयोग भएमा हामी समयमा सबै काम सम्पन्न गर्ने अठोट कार्यकारी अधिकृत कोइरालाको दाबी छ ।
पुर्वाधार विकासको सवालमा ए.डि.वि. सहयोगमा नाला, सडकको निर्माणको कार्यलाई अगाडी बढी सकेको छ । फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट मेनेजमेन्ट ग्रुप सँग साझेदारी गरी कामलाई अगाडि बढाएको छ । सफा र स्वच्छ राख्न फोहोरमैलालाई समयमा नै उठाई सक्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.