पूर्बि क्षेत्र १६ जिल्लाबाट एस.ई.ई.मा १ लाख ४ हजार बिद्यार्थीहरु सहभागि हुदै

पूर्बि क्षेत्र १६ जिल्लाबाट एस.ई.ई.मा १ लाख ४ हजार बिद्यार्थीहरु सहभागि हुदै

धु्रब कट्वाल

विराटनगर । पुरानो साबिक पूर्वाञ्चल बिकास क्षेत्रबाट यस पालीको (एस.एल.सी.) एस.ई.ई. मा एक लाख भन्दा बढी बिद्यार्थीहरुले परिक्षा दिने भएका छन् । आगामी चैत्र ८ गते देखि हुने सो परिक्षाको तयारी समेत पुरा भएको छ । तर राजनैतिक भागबन्डा हुने केन्द्राध्यक्षको नियुक्ति भने केही जिल्लाहरु अझै हुन सकेको छैन् ।

यस एसईई परीक्षामा पूर्वबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थीले सहभागिता जनाउने भएका छन् । मुलुक संंघीय संरचनामा गए पनि अञ्चलकै संरचनामा सञ्चालन हुन लागेको परीक्षामा सप्तरी र सिरहासहित प्रदेश नम्बर १ का १४ जिल्लाबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थीले सहभागिता जनाउने भएका हुन् ।

प्रदेश नम्बर १ बाट मात्र ८३ हजार ८ सय ६६ विद्यार्थीले सहभागिता जनाउनेछन् । २०७४ सालको एसईई परीक्षामा पूर्व क्षेत्रका लागि ४ सय ४६ परीक्षा केन्द्र तोकिएको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका परीक्षा शाखाका अधिकृत दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार परीक्षामा सहभागिता जनाउँदै गरेका विद्यार्थीमध्ये ९६ हजार ५ सय ७८ विद्यार्थी नियमित हुन् भने ६ हजार ७ सय ६२ विद्यार्थी एक्जाम्टेड हुन् ।

पहिले एसएलसी परीक्षा सञ्चालन हुँदा एक्जाम्टेड विद्यार्थी बढी हुन्थे । तर शिक्षा ऐनको आठौं संसोधनपछि एसएलसीलाई एसईई बनाएर गे्रडिङ प्रणालीमा लगिएको थियो । ग्रेडिङ प्रणाली लागू भएपछि एक्जाम्टेड विद्यार्थीको संख्या घटेको हो ।

चैत २० गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १७ हजार ७ सय ८९ जना प्रशिक्षार्थीले सहभागिता जनाउँदैछन् । ती विद्यार्थीका लागि मोरङमा ६९ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै झापाबाट १६ हजार ६१ विद्यार्थी सहभागिता जनाउँदैछन् । झापामा ५४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

१२ हजार ५ सय ९७ विद्यार्थीले सहभागिता जनाउने सुनसरीमा ४६ वटा र ३ हजार ११ विद्यार्थी सहभागी हुने धनकुटामा १८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै १७ वटा परीक्षा केन्द्र तोकिएको ताप्लेजुङबाट २ हजार ३ सय ९९ विद्यार्थीले सहभागिता जनाउनेछन् । पाँचथरबाट सहभागिता जनाउने ४ हजार ३ सय १५ विद्यार्थीका लागि २० वटा परीक्षा केन्द्र तोकिएको छ । ५ हजार १ सय २० विद्यार्थीले सहभागिता जनाउने इलाममा २३ परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै दुई हजार ५ सय ८४ विद्यार्थी सहभागिता जनाउने संखुवासभामा १५ वटा परीक्षा केन्द्र तोकिएको छ । १६ वटा परीक्षा केन्द्र तोकिएको भोजपुरबाट ३ हजार २ सय ८६ विद्यार्थीले सहभागिता जनाउ“दैछन् । १ हजार ८ सय ७४ विद्यार्थीले सहभागिता जनाउने सोलुखुम्बुमा १४ वटा र ४ हजार २ सय ७८ विद्यार्थी सहभागिता जनाउने खोटाङमा २४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

ओखलढुंगामा १७ वटा परीक्षा केन्द्रबाट ३ हजार ५६ विद्यार्थीले परीक्षा दिनेछन् । त्यस्तै ५ हजार ५ सय ६२ विद्यार्थी सहभागिता जनाउने उदयपुरमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

प्रदेश नम्बर २ का सप्तरीमा ९ हजार ५ सय ९५ विद्यार्थी सहभागी हुँदैछन् भने सिराहबाट ९ हजार ८ सय ७८ विद्यार्थी सहभागी हुनेछन् । सप्तरीमा ३६ परीक्षा केन्द्र छन भने सिरहामा ३८ परीक्षा केन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.