भारु नोटको सटही समस्या

भारु नोटको सटही समस्या

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ ।
पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ रहेको छ भने होटल, ट्राभल एजेन्सी लगायतका व्यवसायिक क्षेत्रमा ८१ करोड रहेको छ । व्यक्तिसँग के कति रकम छ भन्ने विषयमा राष्ट्र बैंकले कुनै आँकलन गरेको छैन् । भारतमा मजदूरी गरेर आउने, भारतीय सेनामा कार्यरतले लिने पेन्सन, औषधि उपचार र पढ्ने विद्यार्थीले जम्मा गरेको राखेको रकम साट्ने विषयमा समेत पहल भइरहेको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.