स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा

स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा

डम्बर कुमार न्यौपाने ।
सुनसरी । सुनसरीको देवानगंज गाउंपालिका ५ साहेबगंजमा रहेको बूढी खोलाले बर्षेनी १० देखि १५ फिट जमिन कटान गर्दै आएको छ । बर्खाको समयमा पर्ने अविरल वर्षाका कारण खोला वरीपरीको खेतियोग्य जमिन उक्त खोलाले कटान गरीरहेको स्थानियले बताउँदै आएका छन् । यस वर्ष परेको अविरल वर्षाका कारण त झन बढी खेतियोग्य जमिन कटानमा परेको उनिहरुको गुनासो छ । खोला देखि लगभग ४० फिट पर रहेको एक प्राईभेट बिद्यालय पनि उच्च जोखिममा रहेको छ ।450120 खोला वरपर रहेको अधिकाशं रुख बिरुवा, बाँस कटान भएर नदिमा बगेको स्थानिय बताउछन । तर सम्बन्धित पक्षले वास्था नगरेकोले समस्या आएको प्रदिप पोद्धारले बताएका छन् ।
वर्षेनि कटान हुँदा कृषकहरुले लगाएको बालि समेत खोलाले बगाएर लाने गरेको छ । जसबाट कृषकहरुले बर्षेनी ठूलो आर्थिक क्षती बेर्होनु पर्ने बाध्यता छ । यस समास्याका कारण कृषकहरुलाई बर्षेनी लगभग दूई देखी तीन लाख सम्मको आर्थिक क्षती बेहोर्न बाध्य भएका छन् । कतिपयको जग्गा पनि बर्षेनीको कटानले लगिसकेको र भुमिहिन अबस्थामा कृषक पुगेको स्थानीय नारायण शाहले बताएका छन् ।
कटान समस्या झेलिरहेका उक्त स्थानका जनतालाई समवन्धित निकायले वेवास्था गरीरहेको छ । अहिले सम्म स्थानिय सरकारले समेत ध्यान नदिदा समस्या झेलिरहेको स्थानिय झन मारमा परेका छन् । पटक पटक सम्बन्धित निकाय र स्थानिय सरकारलाई आफ्ना समस्या राख्दा पनि वेवस्ता गरेको बिक्रम शाहले बताएका छन् ।
स्थानियको भनाई अनुसार एकपटक २०७३ सालमा खोला कटान नियन्त्रणका लागि बाँध बनाउन पाचँ लाख रुपैँया आएको थियो । तर त्यो बाँधले जग्गा कटान भने नियन्त्रण गर्न सकेन् । बांधको अबधि नपुगदै भत्किएर खोलाले बगाएको स्थानियको भनाई छ । पाँच लाख रुपैया मध्ये दूई लाखको पनि काम नभएको वडा बासिन्दा राकेश यादबले बताएका छन् ।
वर्षेनी कटानको मारमा पर्ने उक्त स्थानमा चाडोभन्दा चाडो बाधँको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.