दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुग्यो

दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुग्यो

विराटनगर । सुनसरीको इनरुवामा आइतबार बिहान बस र माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा माइक्रोबसका चालक धादिङ बैरेनीका दिपक खड्का, माइक्रोबसमा सवार झापा भद्रपुर– ५ की ६८ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको हो । अन्य घाइतेहरुको उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.