Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी, तर यथार्थ एस्तो, यस्तो सल्याक्र्रिया नेपालमा असम्भव

Feb 4, 2026 3:45 PM
डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी, तर यथार्थ एस्तो, यस्तो सल्याक्र्रिया नेपालमा असम्भव

विराटनगर। नियमित चेकजाँचका क्रममा मुटुको धमनी बन्द भएको पाइएपछि बिराट नर्सिङ होम र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं बरिष्ठ चिकित्सक डा.ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रिया  (Bypass Surgery) सफल भएको छ। मुटुमा समस्या देखिएपछि उनी भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थिए।

उनको बन्द भएको धमनी ’ब्लकेज’ अपरेशनपछि खुलेका कारण स्वास्थ्यमा सुधार आएको छ। डा. कार्कीले समेत आफ्नो स्वास्थ्यमा व्यापक सुधार भएको जानकारी भिडियो सन्देशमार्फत दिएका थिए। भिडियो मार्फत भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको कुरा बाहिर आएपछि हाल सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विभिन्न अड्कल र टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।

तीमध्ये केही सामग्रीमा डा. कार्कीले आफ्नै हस्पिटल वा देशको स्वास्थ्य प्रणालीमा विश्वास नगरेको जस्तो अर्थ लाग्ने ढंगले प्रस्तुत गरिएको छ। तर उपलब्ध तथ्यहरू हेर्दा ती व्याख्याहरू यथार्थसँग मेल नखाने देखिन्छन्। हालै डा. कार्कीलाई गम्भीर कोरोनरी धमनी अवरोध देखिएपछि  CABG (कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ) शल्यक्रिया आवश्यक भएको थियो। यो सेवा हाल बिराट मेडिकल कलेज टिचिङ हस्पिटल र बिराट नर्सिङ होममा उपलब्ध छैन।

वरिष्ठ मुटु रोग विशेषज्ञहरुका अनुसार, यस्तो जटिल शल्यक्रियाका लागि केवल मुटु शल्य चिकित्सक मात्र नभई विभिन्न अत्याधुनिक उपकरण साथै विशेषज्ञहरूको समन्वित टोली आवश्यक पर्छ, जुन सेवा नेपालमा अझै केही सीमित केन्द्रमा मात्र सम्भव रहेको र नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरु र विभिन्न उपचार केन्द्रहरूसँग गरिएको परामर्शपछि बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै भारतमा उपचार गराउनु उपयुक्त हुने सिफारिस गरेपछि भारतमा उपचार गर्न डा. कार्की गएका हुन्। नेपालकै डाक्टरहरूको सल्लाह अनुसार डा. कार्की भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा गई ट्रिपल बाइपास शल्यक्रिया गराएका हुन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, ‘कुनै व्यक्तिले विदेशमा उपचार गराउनु भनेको देशको स्वास्थ्य प्रणालीप्रति अविश्वास हुनु अनिवार्य रूपमा होइन । बरु हाल उपलब्ध सेवा, आवश्यक बहुविशेषज्ञ संरचना र बिरामीको जोखिम मूल्यांकनका आधारमा लिइने चिकित्सकीय निर्णय हो । नेपालमा चिकित्सकहरूको क्षमता र प्रतिबद्धतामा कमी नभए पनि केही अत्यन्त जटिल उपचारका लागि आवश्यक एकीकृत प्रणाली अझै विकासकै चरणमा छ।’

डा. कार्कीले “आफ्नै अस्पताल“ वा “आफ्नै देश“ मा विश्वास नगरेको भन्ने आरोपहरू तथ्यमा आधारित नभएको देखिन्छ। बरु जीवनभर नेपालमै स्वास्थ्य सेवा निर्माणमा सक्रिय रहँदै आएका व्यक्तिको उपचार निर्णयलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गरिएको भन्दै चिकित्सा क्षेत्रका धेरै व्यक्तिहरूले असन्तुष्ट व्यक्त गरेका छन्।

डा. कार्की नेपाली स्वास्थ्य सेवामा करिब चार दशकदेखि सक्रिय रहँदै आएका चिकित्सक हुन्। विदेशमैबसी काम गर्ने अनगिन्ती अवसर र आग्रह भईरहदा पनि उनले आफ्नो सम्पूर्ण व्यवसायीक जीवन नेपालकै स्वास्थ्य सेवाको विकास र बिस्तारमा समर्पित गरे। विशेषगरी राजधानी बाहिर गुणस्तरीय स्वास्थ्य सेवा नभएका कारण मोफसलमा सेवाको विस्तार गर्नुपर्ने मान्यताका साथ बिराटनगरलाई कर्मथलो बनाई उनले नेपालको पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षण र उपचार सेवाको आधार निर्माणमा प्रमुख भूमिका खेलेका छन्। नेपालमा स्वास्थ्य सेवाको विकेन्द्रीकरण नीति बहसको विषय बन्नुअघि नै डा. कार्कीले व्यवहारमा यसको अभ्यास सुरु गरिसकेका थिए। आज भन्दा तीन दशक पहिले नै नेपालको दुर्गम सहरबाट गाईने ल्यापरस्कोपिक शल्यक्रिया प्रारम्भ गरेका डा. कार्की नेपालकै पहिलो गाईने ल्याप्रोस्कोपिक सर्जन हुन भने नेपालमा यस पद्धतिको प्रारम्भ गर्ने जननी समेत हुन्। उनले गाईने ल्याप्रोस्कोपिक सर्जरिमा गरेको खोज र बिकासको चर्चा र सराहना अन्तर्राष्ट्रिय स्तरमा समेत भएको छ । डा. कार्कीले कैयौं नेपाली र बिदेशी चिकित्सकहरुलाई ल्याप्रोस्कोपिक पद्धतिबाट शल्यक्रिया गर्न तालिम दिएका छन् ।

Dhoni Sabuun