काठमाडौं। दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा (ईपीएस) पास गरेर पनि जान नपाएका युवाहरू आन्दोलित भएका छन्। उनीहरूले विभिन्न माग राख्दै ईपीएस कोरिया शाखामा पुगेर आन्दोलन सुरु गरेका हुन्।
आन्दोलित युवाहरूका अनुसार सन् २०२२ देखि भाषा परीक्षा उत्तीर्ण गरे पनि सन् २०२६ सम्म आइपुग्दा करिब १५ हजार युवा कोरिया जान नपुगेका छन्। लामो समयसम्म पर्खिनुपर्दा रोष्टरमा रहेका युवाहरूको भविष्य अन्योलमा परेको उनीहरूको गुनासो छ।
हाल घटनास्थलमा आन्दोलित युवाहरूले शीघ्र समाधानको माग गर्दै प्रदर्शन गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।