Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
राजनीति

मुख्यमन्त्री हिक्मत कार्कीलाई ५ बर्ष नै सरकार सञ्चालन गर्ने म्यान्डेट छ, यही सरकारको निरन्तरता हुनेछ –कोशी राप्रपा ससदीय दल

Jun 29, 2023 4:00 AM
मुख्यमन्त्री हिक्मत कार्कीलाई ५ बर्ष नै सरकार सञ्चालन गर्ने म्यान्डेट छ, यही सरकारको निरन्तरता हुनेछ –कोशी राप्रपा ससदीय दल
बिराटनगर । राष्ट्र्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई पुनः विश्वासको मत दिएर ५ बर्ष नै सरकार सञ्चालन गर्न म्यान्डेट पुग्ने बताएको छ । राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता तथा तथा प्रदेश सरकारका कृषि उद्योग सहकारी तथा पूर्वाधार मन्त्री भक्ति सिटौलाले मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् । राप्रपाको संसदीय दलले कोशी प्रदेशमा जनताको भावना र जनमतको कदर गर्दे कार्की सरकारको बिकल्प नभएको निस्कर्ष निकालेको छ । सरकार टिकाउनु पर्ने हाम्रो दायित्व हो, ५बर्ष सम्म हालको सरकारले सन्चालन गरी प्रदेशका बिकासका काम गर्न सक्ने हैसियत राखेका हुनाले पनि हामी कार्की सरकारको बिकल्प खोज्दैनौ तसर्थ हामी हाम्रो कार्की सरकार टिकाउन लाग्नेछौ । यो सरकारले विश्वासको मत पाउँछ । अन्य दलका साथीहरुले पनि प्रत्यक्ष भन्न नसके पनि यही सरकार टिकीरहोस भन्ने गरेको कतै मैले पनि सुनेको छु – मन्त्रि सिटौलाले बिराटखबरलाई सुनाए । मन्त्रि सिटौलाले भने, ‘हामी सत्ता साझेदार दलका रूपमा छौं । चुनाव अघि देखिकै सहमति भएकाले यो सरकार ५ वर्ष टिकाउनु हाम्रो कर्तव्य हो, जनताले दिएको म्यान्डेट पनि यही हो । सरकार हटाउने अनि फेरी बनाउने खेल तिर अरु माननीयहरु पनि लाग्नु हुन्न जस्तो लाग्छ ।’ कोशी प्रदेश सरकारमा रहेको जसपाले जेठ १९ गते यो सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । यस्तै माओवादीले पनि जेठ २३ गते हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेश सभामा ९३ सिट रहेको छ । विश्वासको मत लिन ४७ सिट आवश्यक पर्दछ । सत्ता साझेदार राप्रपासँग ६ र एमालेसँग ४० गरेर ४६ सिट रहेको छ । कोशी प्रदेश सभामा नेपाली काँग्रेसको २९, माओवादीको सभामुख सहित १३ एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । कोशी प्रदेश सभाले विश्वासको मत लिने प्रयोजनका लागि आज १ बजे प्रदेश सभा बोलाएको छ ।
Dhoni Sabuun