FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत आगामी वर्ष १० हजार २ सय कामदार लाने निर्णय गरेका छ।

कोरियाको मानव संशाधन विभागले इपीएस शाखालाई १० हजार २ सय कामदारको कोटा छुट्याएपछि नेपालबाट कामदारको माग गर्ने निर्णय गरेको हो। इपिएस परिक्षाबाट उतिर्ण गर्ने मध्येबाट ६ हजार २ सय कृषिमा ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा लगाइने बताइएको छ।
यो वर्ष ३५ सय कामदार मात्रै इपीएसमा पास भएका थिए । कामदारको कोटा बढेकाले अब वर्ष कोरियन भाषा पढ्ने धेरैलाई उतिर्ण हुन अघिल्ला वर्षहरुको तुलनामा सरल हुने छ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि १८ गते सम्म खुला हुने छ भने फारम सेवा अनलाइनबाट प्रदान गर्ने व्यवस्था गरिने बताइएको छ। आवेदन बुझाउन घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको हो।
अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट अनिवार्य गरिएको छ। इपीएस परीक्षा जेठको अन्तिम सातामा हुने शाखाले जानकारी दिएको छ ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail