काठमाडौं । निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र दल दर्ता गर्न समय दिएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा फागुन १८ गतेभित्र दलहरुले दलीय विवरण बुझाउनुपर्नेछ । नबुझाउने दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।
आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दल दर्ताका लागि दलहरुलाई सूचित गर्ने निर्णय गरेको छ ।
आयोगमा दर्ता भएका दलहरु र जिल्ला जिल्लामा दर्ता भएका दलहरुले पनि स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्नेछ ।
Leave a Reply