पबित्रा ढकाल, बिराटनगर । समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलले झापा जिल्लाको नेत्रहिन संघका पदाधिकारीहरु मार्फत जीवन उपयोगी सामानहरु निःशुल्क बितरण गरेका छन् ।
उद्योगपति गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका हुन ।
भद्रपुरको गिरि चोकमा आयोजित एक भब्य कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् । कार्यक्रममा समाजसेवी गोयलले आफ्नो कर्मभूमि १ नम्बर प्रदेशको राजधानी विराटनगर भए पनि जन्मभूमि भद्रपुरप्रति उत्तिकै स्नेह रहेको उल्लेख गर्दै आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका स्मृतिमा झापामा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जानकारी दिए । स्वर्गीय गोयल झापा उद्योगवाणिज्य सङ्घका पुर्ब सभापति थिए । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गोयलका जस्तै सहयोगी हातहरू सबैका हुने हो भने समाजमा सुख, शान्ति र मेलमिलापको वातावरण आउन कुनै समय नलाग्ने बताए । यस्ता कामका लागि नगरपालिकाले सधै हातेमाले गर्ने समेत मेयर श्रेष्ठले बताएका छन् । झापा स्थित नेपाल नेत्रहीन सङ्घका उपाध्यक्ष द्रोण निरौलाका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।