देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र प्रहरी निरीक्षक पशुपति पुरी को कमाण्डमा खटिएको टोलीले गएराती ९ः०० बजे अबैधरुपमा खुल्ला बोर्डबाट लुकाइछिपाइ गरी ल्याउदै गरेको अबस्थामा नेपालमा वाइन्ड औषधि लगायत अन्य समानहरुको मुल्य एक लाख ८० हजार बराबरको औषधी नियन्त्रण मा लीइ भन्सारमा बुझाएको छ । सुनसरी जिल्लाका अन्य बोर्डहरुमा स्कुल पढ्ने केटा केटीहरुलाई समेत साईकल प्रयोग गरी सामानहरु चोरी गरेर ल्याउदा सशस्त्र प्रहरीले चेक जांच बढाए पछि स्कुलले बिद्यार्थीहरुबाट कम मात्रामा चोरी हुने गरेको निरीक्षक पुरीले बताए । नजिकै आईरहेको दशै तिहारलाई मध्य नजर गरी चोरी र अबैध समानहरुलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी देवाञ्गन्जले हरपल चौबिसै घण्टा काम गरिरहेको निरीक्षक पुरीले बताए ।
चेक पोष्टमा बसेर डिउटी समयमा फोन वा मोबाईल चलाउने प्रहरीलाई समेत सजग बनाए पछि डिउटीमा खट्दै आएका प्रहरीहरु मोवाईल चलाउन छोडेका छन् ।
क्यामेरामा चन्दन मेहताका साथ एलिसा खत्री