विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । ग्रिन लिफ ब्याण्ड ले आयोजना गर्दै आएको ‘म्यूजिकल फेस्ट’ विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । आउँदो कार्तिक २७ गते हुने उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्ड लगाएतको प्रस्तुती रहेने छ । त्यस्तै धरानमा रहेको गरिमा डान्स सेन्टरका कलाकाहरूको समेत नृत्य रहने आयोजक सेन्ट्रो महतले जानकारी दिए ।