बिराटनगर । आज विजयादशमीको तेश्रो दिन पनि मान्यजनहरुबाट टीका जमरा र आशिर्वाद लिने क्रम जारी छ ।

विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने चलन छ ।

आज पनि बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जाने क्रम जारी रहेको कारण राजधानीमा गाडीको चहपहल बढ्दै गएको छ ।