संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं
अबिजाल बिष्ट,
बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई प्रभावकारी संगठनका रुपमा लैजानुपर्ने बताए । उनले बिमस्टेकको ढिला गरि सचिवालय स्थापना भएको उल्लेख गर्दै क्रियाशिल बनाउनुपर्ने बताए । ‘सक्रिय तथा प्रभावकारी सचिवालय अपेक्षा गरिएको छ’, ओलीले भने, ‘बडापत्र निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।’ बिमस्टेकको हालसम्म बडापत्र समेत तयार भएको छैन । स्थापनाको बीस वर्ष पुग्दा सन् २०१४ मा मात्र ढाकामा बिमस्टेकको सचिवालय स्थापना भएको छ । तर त्यसले दु्रतरुपमा काम गरेको छैन् यी यावतलाई द्रुत गतिमा लैजान आबश्यक भएकोले बिभिन्न देशबाट आउने हुने भिआइपीहरुको स्वागत त्यतिकै महत्वपुर्ण रहेको छ । तसर्थ कुन देशका भिआईपीहरु कहिले आउनु हुने भन्ने बारे जानकारी आबश्यक रहेको देखिन्छ ।
कुन देशका भिआईपी कहिले आउने ?
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाडौ आउँदैछन् ।
सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्नेछन् । त्यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् । यसै सिरिसेना बुधबार २ः३५ बजे तथा छिरिङ वाङचुक बिहान ८ः०५ र प्रयुत बिहान १०ः १५ बजे काठमाडौ अवतरण हुनेछन् । त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् । मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन् भने हसिना पनि बिहीबारै बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकका सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीहरुको बैठक मंगलबार काठमाडौँमा शुरु भएको छ । सदस्य देशका परराष्ट्ररबाह्य मामिला र विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्रा्ष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिएका छन् ।
नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षता समेत गर्नुभएका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल हुनेछ । बिमस्टेक सम्मेलनका लागि बुधबार र बिहीबार काठमाडौँ उपत्याकामा जोररविजोर प्रणालीमा सवारी सञ्चालन हुनेछन् भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यात्रुबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।