विराटनगरको क्वालिटी सपमा आगलागी- ५० लाखको क्षति

विराटनगरको क्वालिटी सपमा आगलागी- ५० लाखको क्षति

विराटनगर । मोरङको कटहरी गाउँपालिका ९ स्थित क्वालिटी सप प्रा.लि. मा आगलागी भएको छ । मंगलबार अपरान्ह ३ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको केमिकल जल्दा ५० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक विपिन काव्राले जानकारी दिए । उद्योगमा साबुन उत्पादनका लागि हाईट्रोजन पेसोअक्साइट केमिकल भण्डारण गरी राखिएको थियो ।

उद्योगमा लागेको आगो २ घण्टापछि विराटनगर महानगरपालिकाबाट गएका तीनवटा वरुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उद्योगले विशाल नामक सावुन उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.