FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

उर्लाबारी । नेकपा एमाले मिक्लाजुङ गाउँपालिका मोरङले आफ्नो पार्टीको विजय सुनिश्चित भएको देखेर विपक्षीहरुले एक जना असन्तुष्ट कार्यकर्ताको आधारहिन बिज्ञप्तिलाई लिएर भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि एक महिना अघि नै उम्मेद्वारी घोषणासहित एमालेले मिक्लाजुङमा चुनावी अभियान गरिरहेको छ । सो गाउँपालिकामा एमालेप्रतिको व्यापक जनलहरबाट अत्तालिएर पार्टीका सामान्य कार्यकर्ता मिक्लाजुङ ७ का भेषराज काफ्लेको भ्रमपूर्ण र अतिरञ्जनायुक्त बिज्ञप्तीलाई आधार बनाएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै ध्यानाकर्षण भएको एमालेले जनाएको छ । पार्टीका गाउँपालिका संगठन कमिटी अध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेलद्धारा आज ( शुक्रवार) जारी बिज्ञप्तीमा भनिएको छ – कार्यकर्ताको सुझाब, मनोभावना तथा माथिल्लो कमिटीको मूल्यांकनका आधारमा अध्यक्षसहित सम्पूर्ण पदमा उम्मेद्वारी तय गरेको प्रष्ट हुँदाहुँदै गलत मानसिकताका साथ बिपक्षीको उक्साहटमा परी अध्यक्ष पदको टिकट नपाएकै कारण काफ्लेले मनोगत रुपमा बिज्ञप्ती निकालेकोमा हाम्रो खेद प्रकट छ । एमाले नेतालाई २१ लाख नदिँदा आफुले टिकट नपाएको भनी काफ्लेले केही दिनअघि बिज्ञप्ती जारी गरेका थिए । यही भ्रामक कुरालाई लिएर बिपक्षीहरुले एमालेको बलियो आधार क्षेत्र रहेको मिक्लाजुङमा चुनावी एजेण्डा बनाउँदै हिडेका छन् ।

बिज्ञप्तीमा ढुङ्गेलले भन्नुभएको छ – पार्टी कार्यकर्ता शुभचिन्तक मतदाता एवम् सम्पूर्ण मिक्लाजुङ बासीलाई संयमित भई चुनावी अभियानमा निरन्तर होमिन र सूर्य ध्वाजाबाहक उम्मेद्वारलाई जिताउन आग्रह गर्दछौ ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail