विराटनगरका विद्यार्थी र अभिभावकको रोजाई ‘हेरीटेज ईन्टरनेश्नल स्कुल’

विराटनगरका विद्यार्थी र अभिभावकको रोजाई ‘हेरीटेज ईन्टरनेश्नल स्कुल’

विराटनगर । विराटनगरको बरगास्थित हेरीटेज ईन्टरनेश्नल स्कुलले शैक्षिक,खेलकुददेखि सबै विधामा उत्कृष्ट रुपमा अघि बढाएको छ ।

१९ वर्षदेखि विभिन्न विद्यामा निरन्तर शतप्रतिशत नतिजा ल्याउने विराटनगरको सर्वोत्कृष्ट स्कुलहरूको सूचीमा रहेकाे हेरीटेज ईन्टरनेश्नल स्कुल हरेक गतिविधिमा अब्बल बनेको छ ।

हेरीटेज इन्टरनेशनललले आधुनिक सिकाइ, संयोजनलाई प्राथमिकता दिएको छ । गतिशील दृष्टिकोणको साथ अत्याधुनिक शिक्षण पूर्वाधार तयार पारेको छ । विद्यार्थीको रचनात्मकता र अन्तरक्रियालाई स्कुलले जोड दिँदै आएको छ ।

हेरीटेज ईन्टरनेश्नल स्कुलको भौतिक पूर्वाधारमा सुविधाजनक पूर्वाधारहरूले मात्र शैक्षिकस्तर उकास्न सक्छ भन्ने बुझाइ छ । कक्षाकोठामा इन्टरनेट, स्मार्टवोर्ड र एआई जस्ता नवीनतम प्रविधिको प्रयोगले विद्यार्थीको पढाई रोचक, आकर्षक र जिवन्त बनाउने गरिएको छ । आफ्नो क्षमता अनुसारका नयाँ इनोभेसन गर्ने सुविधा विद्यार्थीहरुलाई मेकर्स ल्याबमा हुन्छ ।

स्कुलमा प्रविधिमैत्री, उज्याला र फराकिला कक्षाकोठाहरू छन् । कक्षाकोठामा विद्यार्थी बस्ने बेन्चहरू, पढ्ने टेबलहरू उनीहरुको शारीरिक अवस्था हेरेर फरकफरक खालको व्यवस्था मिलाइएको छ ।

गुणस्तर शिक्षाका लागि एउटा कक्षामा सिमित संख्यामा मात्र विद्यार्थीहरु राखिन्छ । आवश्यक वैज्ञानिक उपकरणसहितको विज्ञान प्रयोगशाला छ । स्कुलमा आधुनिक पुस्तकालय छ ।

हेरीटेजले कक्षाकोठा भित्र मात्र होइन समग्र स्थानमा अवसर हुनुपर्छ भन्ने मान्यता राख्छ । त्यसैले सांस्कृतिक र अतिरिक्त क्रियाकलापमा स्कुलले जोड दिँदै आएको छ । वार्षिक रुपमा हेरीटेजले आयोजना गर्दै आएको मेला, आर्ट, लेखन, नाटक, विज्ञान प्रदर्शनी, म्युजिक, डान्स, बौद्धिक कार्यक्रमहरुले विद्यार्थीहरुको समग्र क्षेत्रको क्षमता विकासमा मद्दत गर्दै आएको छ ।

विद्यालय तहदेखि नै सामाजिक काममा उत्त्प्रेरित गराउनुपर्छ भन्ने मान्यताअनुसार स्कुलले विद्यार्थीहरूलाई त्यस्ता गतिविधिहरूमा पनि संलग्न गराउँछ । ‘सर्भिस लर्निङ’ अन्तर्गत स्थानीय संघसंस्थाहरुसँग मिलेर सामाजिक काममा विद्यार्थीहरु संलग्न हुँदै आएका छन् ।

हेरीटेज ईन्टरनेश्नल स्कुल खेलकुदमा पनि अब्बल हुने मान्यताका साथ अघि बढेको छ । त्यसैले विद्यालयस्तरीय धेरै प्रतियोगिताहरूमा यो विद्यालयले उत्कृष्टता हासिल गरिसकेको छ ।

त्यसैले अतिरिक्त क्रियाकलापको रुपमा स्वीमीङ, फुटसल, कराँते, लगायतमा पनि विद्यार्थीलाई जोडेको छ । विद्यार्थीहरुको बौद्धिक एवं शारीरिक तन्दुरुस्तीको लागि उमेर सुहाउँदो अतिरिक्त क्रियाकलापहरू गराउँछ ।
पौडी, फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टनजस्ता खेलहरू तालिम प्राप्त प्रशिक्षकद्वारा गराउँछ । त्यसैले विद्यालयस्तरीय प्रतियोगिताहरूमा हेरीटेजको अब्बल नतिजा आइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.