कोशी नदिमा चल्ने पानी जहाजका मजदुर संगठित

कोशी नदिमा चल्ने पानी जहाजका मजदुर संगठित

चतरा । धरान रनेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पानी जहाजमा काम गर्ने मजदुरहरूलाई संगठित गरेको छ । सुनसरीको चतराघाटस्थित जेटबोट पोर्टमा जेटबोट श्रमिकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पानीजहाज कमिटी सुनसरी गठन गरेको हो ।

सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म चल्ने पानीजहाजका कप्तान, सहायक कप्तान, पोर्ट र काउन्टरमा काम गर्ने श्रमिक तथा स्वरोजगारहरूको भेलाले अनिस थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको संगठनले जनाएको छ । कमिटीको उपाध्यक्षमा तीलक दर्जी ९कप्तान०, सचिवमा अनिता श्रेष्ठ, सहसचिवमा सुजन श्रेष्ठ ९कप्तान० र कोषाध्यक्षमा महेश साह चयन हुनु भएको छ ।

कमिटीका सदस्यहरुमा शंकर नेपाल, पवन न्यौपाने ९कप्तान०, सानू राई ९कप्तान०, मनिष घिमिरे ९कप्तान०, अनिल सुब्बा, प्रवीण राई ९कप्तान० र चेतन राई ९कप्तान० रहनु भएको छ । कमिटीका सल्लाहकारमा राजेन्द्र कार्की, नवीन पौडेल र विशाल राई रहनु भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा विहीबार कमिटी गठन गरिएको हो । श्रमिकहरुको भौतिक र आर्थिक सुरक्षाका लागि बोटमा काम गर्ने मजदुरहरूलाई संगठित गरेको अध्यक्ष राईले बताउनु भयो ।

हाल कोसी नदीमा दन्तकाली जलयातायात प्रा।लि।, वराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा।लि।, वराह जलयातायात प्रा।लि।को जेटबोट सञ्चालनमा छन् । जेटबोटमा ५० बढी कर्मचारी आश्रित रहेका छन् । १० बढी व्यावसायिक कम्पनीले सन्चालन गरिरहेको जेटबोट प्राविधिक कारणले बन्द छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.