FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट दायर गरेको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

केही दिनअघिको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन कदम संविधान र लोकतन्त्रविपरीत ठहराएको थियो । उक्त कदम सच्याउन प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरिएको थियो । ओलीले पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मा महेश बर्तौला र सुनिता बराललाई दिएका थिए ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail