arya newro
बिराट
खबर
Menu
खेलकुद

स्पोर्ट्स मिटको नतिजा सच्याउँदै  प्याब्सनले निकाल्यो विज्ञप्तिः प्रतियोगिताको तेस्रो विराटनगरको एभरेष्ट

Feb 15, 2024 5:02 AM 82
स्पोर्ट्स मिटको नतिजा सच्याउँदै  प्याब्सनले निकाल्यो विज्ञप्तिः प्रतियोगिताको तेस्रो विराटनगरको एभरेष्ट
विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव संसाधन समितिले त्रुटि भएको पत्र पठाएकाले त्यसलाई सच्याउँदै स्पोर्ट्स मिटमा विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल  तृतिय भएको उल्लेख गरिएको छ । प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल र सचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा त्रुटिरहित नतिजा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । पुरस्कार वितरण गर्ने क्रममा सबै इभेन्टका मेडल तथा पुरस्कार ठिक ढंगले वितरण भएपनि मानव संसाधन समितिलाई सबै संयोजकहरुले दिएको मेडल तालिका अनुसार समग्र कक्षा १० सम्मको नतिजा घोषणा गर्न ल्याउने क्रममा सगरमाथा स्कुल विराटनगरको कक्षा ११ र १२ को इभेन्टको समेत कक्षा १० सम्मको समग्रमा भुलबस जोडिएको प्याब्सन मोरङले जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ त्रुटि सच्याई मानव संसाधन समितिको पत्र व्याब्सन मोरङलाई प्राप्त भएको हुँदा सो आधारमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर समग्र कक्षा १० सम्मको मोरङ जिल्ला तेस्रो भएको निर्णय यो प्रेस विज्ञप्ति मार्फन जानकारी गराइन्छ ।’ स्रोतका अनुसार समग्रमा सुन्दरहरैचाको पूर्वाञ्चल एकेडेमी ६८ अंकका साथ प्रथम हुँदा सुन्दरहरैचाकै सिद्धार्थ स्कुल दित्तिय भएका थिए । २६ अंकका साथ विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तृतिय भएपनि १५ अंकका साथ चौथो बनेको विराटनगरकै सगरमाथा स्कुललाई तेस्रो घोषणा गरिएको थियो । त्यहि गल्ति स्वीकार गर्दै प्याब्सन मोरङले विज्ञप्ति जारी गरेको हो ।
Dhoni Sabuun

Related Articles

Birat Cancer Hospital