arya newro
बिराट
खबर
Menu
राजनीति

प्रतिनिधिसभा निर्वाचन: नेकपाद्वारा जिल्लाका तीनै क्षेत्रमा उम्मेदवार तयको तयारी

Dec 31, 2025 9:08 AM 84
प्रतिनिधिसभा निर्वाचन: नेकपाद्वारा जिल्लाका तीनै क्षेत्रमा उम्मेदवार तयको तयारी

काठमाडाैं। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्म समेट्दै उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको हो।

निर्वाचन क्षेत्र नं. १ बाट पूर्वमन्त्री बिना मगरसहित जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्सालको नाम सिफारिस गरिएको छ।

यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी, माधवप्रसाद पन्त, लालबहादुर खड्का, हरिस ठकुल्ला (कमल क्षेत्री) र तोयराज जोशी उम्मेदवारको सूचीमा छन्।

निर्वाचन क्षेत्र नं. ३ बाट खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी सिफारिस भएका छन्।

नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका नामहरूमध्येबाट पार्टीको केन्द्रीय कार्यदलले छलफलपछि अन्तिम उम्मेदवार टुंगो लगाउनेछ।

Dhoni Sabuun

Related Articles

Birat Cancer Hospital