Live
| शनिबार, चैत २२, २०८२
EN
arya newro
BiraKhabar
समाचार

सुनसरीको हरिनगर गाउंपालिकाको गौरवसाली योजनाहरु निर्माणमा गुणस्तरहिन

May 4, 2019 2:26 AM
सुनसरीको हरिनगर गाउंपालिकाको गौरवसाली योजनाहरु निर्माणमा गुणस्तरहिन
सारदा गौतम, बिराटनगर । सुनसरी जिल्ला हरिनगर गाउँपालिकामा गौेरवसालि योजनाहरुको निर्माणधिन काममा ठेकदार कम्पनीहरुले गुणस्तरहिन कार्य गरिएको हुनाले स्थानीयले आक्रोस शुरु गरेका छन् । हरिनगर गाउँपालिकाको स्थानिय योजनाहरु मध्ये गौरवसालि योजना भनेर गाउपालिकाको वडा नं १ देखि ७ ओटै वडाहरु समेटने गरि सडक विस्तार गर्न जम्मा गौरवसाली सात ओटा योजना ठेक्का लगाएर काम गर्नं थाले पनि काम गुनस्तरहिन,मापदण्ड विपरित भइरहेको स्थानियहरुले गुनासो पोखेका छन् । .59528653_2408346519398029_5110543270107152384_n-copy यता सात ओटै योजनाहरु मध्ये घस्की देखि देवानगन्ज सडक, वसन्तपुर देखि वोडर सडक, घुस्की देखि अरनमा सडक, वसन्तपुर देखि हरिनगर सडक, वसन्तपुर देखि सशस्त्र जोडने वोडर सडक, भुटाहा जोडने वस्मतिया सडक, हरिनगर जोडने गोतमपुर सडक लगायत जम्मा सात ओटैे सडक निर्माण काममा ठेकदारले अनिमिकता गरि गुणस्तरहिन र मापदण्ड विपरित काम गरिरहेको एक स्थानिय सकुर मियाँले वताए । वहु गौरवसाली योजना जम्मा २ सय ७.५ किलोमिटर गाउँपालिकाको स्टीमेट अनुसार काम कार्य गर्नु पर्नेमा स्टीमेट विपरित काम गरिए पछि यसमा ठुलो आर्थिक अनियमिता हुने स्थानिय गुनासो रहेको छ । सडकमा किनेर माटो पुर्नु नपर्नेमा खोलावाट वलुवा उत्खन्न गरि सडकमा पुरिएको र स्क्सावेटर समेत नचलाएर माटो भएको मिसगिटी हालेर सडक निर्माण गरि रहेको अर्को स्थानिय बसिन्दा द्धिन मियाँले वताए । भुटाहा वसमतिया जोडने सडक ४३ सेन्टिमिटरमा माटो पुरिने सडकमा खोलाको बालुवा पुरि कम्वेक्ट समेत नचलाई २५सिन्टि ग्राभिल पुर्नु पर्नेमा माटो भएको ग्राभेल पुरिएको छ . यस्तै सो सडकमा ४ होम कल्भट, २ कसलाप, २ कचवेल निर्माण योजनामा रहेकोले सो काम गरिए पनि ठोस गुणस्तर काम नभइरहेको एक स्थानिय आलम अन्सारीले वताए .। सो होम कल्भट, कसलाप, कचवेलको काममा गुणस्तर निर्माणधिन समाग्री लगाउनु पर्नेमा गुणस्तरहिन समाग्रीको प्रयोग गरि निर्माण गरिरहेको जनताले केही दिन काम समेत वन्द गराए । तर पनि फेरी त्यस्तै काम भइरहेकोले जनताले गुनासो पोखेका छन ।. यो निर्माणधिन सडकको ठिक्का आशिष व्राइट वुल अर्शिवाद जे.भी. कम्पनीले ४३ सेन्टिमिटर आठ करोड सत्हतर लाखमा लिएको छ । यस हरिनगर गाउँपलिकाको सात ओटे गौरव साली योजना निर्माणमा ५६ करोड रुपैयाँ रहेको छ । ठेक्का बिभिन्न निर्माणधिन कम्पनीलाई लगाए पनि गाउँभपरि नैंं काम गुणस्तरहिन काम भइरहेको स्थानियहरुले गुनासो गरेका छन .। 59064543_2161740077469682_5842453822454104064_n सात ओटै गौरव साली काम एकै किसिमको गुणस्तरहिन काम हुनु भनेको यसमा पक्कै आन्तिरिक आर्थिकको चलखेल भएको हुन सक्ने स्थानिय जनतामा खोज मुलक कुरा वन्न पुगेका कुरा सकुर मियाँले वताए ।. गाउँपालिकाको जिम्मेवार व्यतिmहरुलाई ध्यान केन्द्रित गरेपनि चासो नलिएको समेत वताए । यसप्रति सम्वन्धित सरोकारवलाहरुको ध्यान नगए ५६ करोड रुपैयाँ पाँचक पचाए जस्तै हजम हुन जान्छ भन्ने स्थानियहरुमा प्रश्न खडा भएको छ । यस विषयमा यो केही भएको होइन, यदि त्यस्तो छ भने हामी निकासा नैं गरिदिन भन्ने जिज्ञासा हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारीले वताए । .
Dhoni Sabuun