फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
नवनियुक्त तीन मन्त्रीले शपथ लिए

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन्। बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ […]

वार्ता समिति गठन भएपछि निजामती कर्मचारीहरुको आन्दोलन स्थगित

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । संघीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरुले आन्दोलनको सुरु गरेका थिए । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती०, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल […]

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समसामयिक राजनीति सन्दर्भमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहीवार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिद्वारा वैशाख २४ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिनु भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन […]

वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौं । सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही छ लाख रुपैयाँ र अन्य टिम अफिसियललार्ई जनही तीन लाख […]

राष्ट्रपतिद्वारा अध्यादेश जारी, मिटरब्याज पीडितले राहत पाउलान् त ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधवार) मिटरब्याज पीडितको समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गर्नु भएको छ । नेपालको संविधानको धारा ११५ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमा जनाउनु भएको छ । सरकारले मिटरब्याज पीडित समस्या […]

नक्कली शरणार्थी प्रकरण: उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष […]

आत्महत्या दुरुत्साहनको उजुरी परेका विराटनगरका दुईजना पक्राउ

विराटनगर । दुरुत्साहन गरेको उजुरी परेका विराटनगरका दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो […]

आज प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै

विराटनगर । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति […]

सुनको भाउ बढ्दो, आज तोलामा १८ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज (बुधबार) ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.