समाचार, समाज
नेपालमा चक्रवातको प्रभाव देखिँदैन: मौसम पूर्वानुमान महाशाखा

विराटनगर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले […]

सहिद भीमनारायण गोल्डकप:आज विराटनगर र काठमाडौंबीच सेमिफाइनल

धनकुटा । धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज आइतवार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच सेमिफाइनल खेल हुने भएको छ । पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत, सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि हिजो शनिवार भएको खेलमा वीरगन्ज युनाइटेड क्लबले साविक […]

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन :मन्त्री लिम्बू

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्नुभयो । मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले […]

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताउनुभयो । उहाँले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता […]

वसन्त ऋतुमा सगरमाथा आरोहण आजदेखि सुरु

काडमाडौँ । वसन्त ऋतुको समयमा सगरमाथा आरोहण आज शनिवारदेखि सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल […]

सडकको गुणस्तरमा प्रश्न उठाउँदै एक युवक हाइटेन्सन लाइनको पोलमा चढे

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन् । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका […]

सीमा क्षेत्रको चेकजाँच प्रभावकारी बनाउन प्रहरी नायव महानिरीक्षक बास्तोलाको निर्देशन

विराटनगर । चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेकजाँचको व्वस्था मिलाउन प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले निर्देशन दिनु भएको छ । मोरङ जिल्लाका सिमावर्ती क्षेत्रको अनुगमनको क्रममा सीमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो । वहाँले खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि रोकथाम र नियन्त्रणका […]

नेपाल प्रहरी: २२ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार राति अबेरसम्म बसेको बढुवा समिति बैठकले सिफारिस सुची प्रकाशन गरेको हो । प्राप्त सूचीअनुसार डिएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद […]

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत […]

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषिविज्ञ एवम् शुभद्रा मदन ९शुभम० फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मञ्जिल मुकारुङले जानकारी दिनुभयो । एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.