अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार
सुनको भाउ बढ्दो, तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौं । लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । अस्तिभन्दा हिजो र हिजो भन्दा आज भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको छ । सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा आठ सय रुपैयाँले धेरै हो । हिजो पनि तोलामा ५ […]

मेयर नागेश कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण […]

कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताउनुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताउनुभएको हो । ‘कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरू भत्काउनुपर्छ, कांग्रेसभित्र अब […]

भारतको बथनाहाबाट विराटनगरसम्म कार्गो रेल सञ्चालन

विराटनगर । निर्माण नसकिँदै भारतको बथनाहाबाट नेपालको विराटनगरमा कार्गो रेल सञ्चालन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै बथनाहाबाट नेपाली उद्योगका कच्चापदार्थ बोकेको कार्गो रेल विराटनगर आइपुगेको […]

सिलगुढीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बनाइने

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए । नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए ।उनले भने, ‘आगामी १० वर्षमा […]

नेपाल र चीनको सिछवानका उद्यमीबीचको सम्बन्ध प्रगाढ बन्दै

केशव भट्टराई,काठमाडौं । नेपाल र चीनबीच भइरहेको उद्यम तथा व्यापारिक सम्बन्ध प्रगाढ हुँदै गएको काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन् । बुधवार साँझ काठमाडौंमा आयोजना भएको नेपालमा सिछवान उद्यमीहरुको मैत्रीपूर्ण भेटघाट कार्यक्रमका वक्ताहरुले दुई देशबीच विभिन्न क्षेत्रमा भएको लगानीको प्रतिफल पनि सकारात्मक भएको दाबी गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सिछवान प्रान्तका सचिव वाङ […]

अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा

काठमाडाैं । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा दिइएको छ । बालबालिकाको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्ने देखिएको जनाउँदै विराटनगर महानगरपालिकाले विद्यालय दुई दिन बिदा दिने निर्णय गरेको हो । केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । महानगर कार्यपालिकाले निर्णय गरी विहीबार र शुक्रबार बिदा दिइएको हो । साउन महिनाको बर्खे […]

वार्ता आव्हानप्रति कोशी प्रदेशको आन्दोलनरत् पक्ष सकारात्मक

विराटनगर । कोशी प्रदेशका आन्दोलनरत् पक्षले वार्ताका लागि सरकारले गरेको औपचारिक आव्हानलाई सकारात्मकरूपमा लिएको बताएका छन् । प्रदेश नामकरणपछि भइरहेको आन्दोलनबाट उत्पन्न असामान्य परस्थिति समाधान गर्न सरकारका प्रवक्ता कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले मंगलबार आन्दोलनरत पक्षलाई वार्ताको लागि औपचारिक आव्हान गरेका थिए । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले सरकारले वार्ताको आव्हान सकारात्मक भएको […]

धेरै प्रयासपछि म फेसबूक ह्याकरबाट मुक्त भएँ : बालकृष्ण बस्नेत

काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले लामो पहलपछि फेसबूक ह्याकरबाट मुक्त भएको जनाउनु भएको छ । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले फेसबूक ह्याक गरेर मेसेन्जरबाट कल आएको र पैसा मागिएको कुरा शुभेच्छुकहरुबाट थाहा पाएको जनाउनु भएको छ । उहाँले फेसबूक दुरुपयोगको हर्कत गर्नेलाई कारवाहीका लागि खोजी […]

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा

विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको बैठकले जसपा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री हुनुहुन्छ । सुनसरीको इटहरीमा बुधबार सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.