फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, स्वास्थ्य
बिराट नर्सिगं होममा घरबाटै बिरामीलाई हेर्न सकिने मोडुलर आई.सि.यु. सन्चालनमा

बिराटनगर । बिराट नर्सिगं होमले १४ बेडको अत्याधुनिक मोडुलर आई.सि.यु. साथै अर्को ११ बेडको न्युरो सर्जिकल आई.सि.यु. सन्चालनमा ल्याएको छ । न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आई.सि.यु. प्रदेश न. १ का माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्कमत कार्कीले उदघाटन गरेका छन् । मोडुलर आई.सि.यु. मा संक्रमणको दर अत्यन्तै न्युन रहने, संक्रमित रोग […]

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनहुँ बृद्धि, १२ सय थपिए, स्थिती भयाबह

प्रिन्स सन्तोष शाहा, बिराटनगर । आज प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ९८ जना कोरोना संक्रमित पुष्टि भएसँगै दैनिक रुपमा संक्रमितको संख्या बढ्रदै गएको हो । हिजो यस अघि मंगरबार १ हजार २ सय ०६ जनामा संक्रमित पुष्टि भएको थियो । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च रहेको सामाजिक विकास […]

चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते

मोरङ । बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज  sunday बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनको […]

सेन्ट मेरिज स्कुलले बिभिन्न बिद्यामा प्रतिभावान बिद्यार्थीहरुलाई पुरस्कार बितरण

बिराटनगर । सेन्ट मेरिज सेकेन्डरी स्कुल बिराटनगरले बिभिन्न बिधामा जेहेन्दार बिद्यार्थीहरुलाई नियमित बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष प्रदान गरिने शैक्षिक सत्रको अन्तिम समयमा बिद्यार्थीहरुलाई आन्तरिक प्रतिभालाई प्रोत्साहन गर्न शैक्षिक अध्ययन तथा अतिरिक्त कृयाकलापमा अब्बल हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कारले सम्मान गरेको छ । जेनेरल इम्पु्रभमेन्ट, जेनेरल प्रोफिसिनियल र […]

बिपन्न परिबारका बिद्यार्थीहरुले पोशाक र ब्याग पाउदा दंग

बिर्तामोड । मेचि आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिपन्न परिबारका छात्र–छात्राहरुले पोशाक र ब्याग बोकेर बिद्यालय जान पाउने भए पछि खुशीले दंग भएका छन् । उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग अनि फिल्टर समेत निःशुल्क वितरण गरे पछि अबिभावक समेत मंख परेका छन् । भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने […]

फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी जवानहरु बस्नेत र राई

बिराटनगर । फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी जवानहरुमा ज्ञान बहादुर बस्नेत र अशोक राई लाई सम्मान गरेको छ । प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई हुन भने प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत […]

स्वतन्त्र पत्रकारको प्रदेश समिति गठन

विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् । यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उपे्रती, सहदेव कार्की, भीमप्रसाद […]

प्रथम मेयर कोइरालाको निधन, आजै अन्तिम श्रद्धान्जली

बिराटनगर । तत्कालिन बिराटनगर नगरपालिकाका पहिलो मेयर अशोक कोइराला गए राती १ बजे निधन भएको हो । प्रजातन्त्र पुनः स्थापनापछि कोइराला विराटनगरको पहिलो मेयर बनेका थिए । ७७ वर्षिय कोइरालाको गए राति १ बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । पार्टी सचिव मोदराज घिमिरेका अनुसार बुधबार […]

विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

बिराटनगर । विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि सो मेला लाग्ने भएको हो । छाता संगठन फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो […]

महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण

सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.