फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, स्वास्थ्य
लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो । मुलुकमा कोरोनाको संक्रमण […]

कोरोना संक्रमण मुक्त ६ भारतीय डिस्चार्ज, सफल उपचारका लागि कृतज्ञता

विराटनगर, २४ वैशाख। उदयुरको त्रियुगा न.पा. ३ भूल्केको मस्जिदमा भेटिएका १२ संक्रमित मध्ये ६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिए। बुधबार विहान डिस्चार्ज भएका उनीहरु क्रमिक रुपमा २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद […]

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन संवाद,कोरोना विरुद्ध लड्न सहयोग गर्ने

काठमाडौं, १६ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन संवाद भएको छ । सो क्रममा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै कुराकानीका क्रममा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति […]

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो, डब्लुएचओप्रति आरोप माथी आरोप

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी […]

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ,स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की  र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । नेपालबाहेक विश्वभर एक हजार ९८३  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । […]

RDT पोजेटिभ २३ वर्षीय युवतीको मृत्यु, वीरगञ्ज क्षेत्रमा आवागमनमा कडाइ

पर्सा, बैशाख १४ । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो । युवतीको मृत्युसँगै वीरगञ्जको अशोकबाटिका टोलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ब्लड क्यान्सर रोगबाट पीडित युवतीको तीन पटक आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका क्रममा भरतपुर क्यान्सर […]

उदयपुरको भुल्केमा मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण

११ बैशाख, विपी कोइराला। त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा ४ सय मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण देखिएको छ । भुल्केको नुरी मस्जिद आसपास मास्क वितरण गरेको  व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । भुल्केमा टेलर्स संचालन गर्दै आएका ती व्यक्तिले सामुदायिक वनको अर्डरमा ८ सय मास्क तयार पारेका थिए । तयार पारेका […]

लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण

निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस मंगुलबाबा टोल, बह्रमपुरा टोल लगायत […]

लकडाउनमा मनोरञ्जन क्षेत्रका महिला श्रमिकलाई राहत सहयोग

अप्सरा कटवाल, इटहरी । महिला सहयोगी समुह इटहरीले झुम्का, खनार र इटहरीका बिभिन्न बस्तिमा बसोबास गर्ने श्रमिक महिला गरिबी परिबारलाई राहत समाग्री सहित मास्क, साबुन, स्यानीटाईजर समेत बितरण गरेको छ । झुम्का स्थित नहर छेउ तथा बसपार्कमा रहेका १० परिबार तथा इटहरी बसपार्क र लैपुर क्षेत्रमा रहेका अति बिपन्न महिला श्रमिक ज्यालादार गरिखाने ५ परिबार […]

के हो सप्तरीको कोरोना सन्त्रास? चोर बाटो हुँदै आएका, लुकेका र १३ इण्डोनेशियाली नागरिकको नालिबेली…

विपी कोइराला, सप्तरी, २१ चैत्र। भारतको बिभिन्न स्थानमा भएको जमातबाट फर्किएकाहरु तथा १३ इण्डोनेशियाली नागरिक सप्तरी प्रवेशको खबर पछि सप्तरीमा त्रास बढेको छ। दिल्लीको निजामुदिन कार्यक्रममा सहभागी ९ जना भारतीयको मृत्यु भईसकेको तथा धेरैमा कोरोना रोगको संक्रमण देखिएको भारत सरकारले पुष्टि गरेपछि त्यहाँ सहभागी भई फर्केका नेपालीहरुको खोजतलास तीब्र पारिएको छ। लुकिछिपी प्रवेश गरेका सप्तरीका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.