प्रवास, प्रविधि, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, स्वास्थ्य
बिराट मेडिकल कलेजको उपचारले बच्चा र आमाको ज्यान जोगियो–श्रीमान् सग्राम

बिराटनगर । झापा जिल्ला गौरीगञ्ज गाउ पालिका–५, कन्चिरा टोल निबासी १९ बर्षकी बिरामी महिला सुनिता मुर्मुले नयां जिवन पाए पछि उनका श्रीमान् सग्राम मुर्मु खुशीको हांसोमा रमेका छन् । बिभिन्न अस्पताल भैतारिए पछि बिरामी श्रीमति सुनितालाई कुनै अस्पतालले भर्ना नलिदा श्रीमान् सग्राममा तनाब मात्र भएन मेरी श्रीमति र गर्भमा रहेको मेरो सन्तानको भबिश्य के होला […]

बिराटनगरको नोबेलमा नयाँ प्रविधि ,मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा निकालिने

बिराटनगरको नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया ९ढुंगा० निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ […]

लागूऔषध सहित दुई जना पक्राउ

पुजा शर्मा, झापा । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध फेनारागन-३० एम्पुल, लुपिजेसिक-३० एम्पुल र डाईजेपाम-३० एम्पुल सहित मोरङ उर्लावारी नगरपालिका-१ बस्ने बर्ष-२३ को सुनिल तामाङ र बेलबारी नगरपालिका-३ बस्ने बर्ष १९ को सुरज बि.क.लाई दिउँसो ३:४५ बजे पक्राउ गरिएको हो । […]

नोबेल मेडिकल कलेजमा नयाँ बिद्यार्थीलाई अभिमुखिकरण

विराटनगर। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकारी गराउँदै औपचारिक रुपमा स्वागत गरिएको नोबेल मेडिकल कलेजका प्राचार्य डा.रामहरी घिमिरेले जानकारी दिए […]

प्रधानमन्त्री केपी ओलि त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलिलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । ओलिको स्वास्थ्यमा थप समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका बरिस्ठ नेता एवंम कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालले पत्रकार […]

आफन्तको अस्पताललाई आरोप, गए राती २ शिशुको मृत्यु

बिराटनगर । बिराटनगरमा रहेको बिराटनगर अस्पतालमा उपचारका क्रम गए राती २ शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । तर आफन्तले भनी अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गए राती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो । मृतकका आफन्तहरुले बुधवार बच्चामा कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका थिए । सुनसरीका साहेबगंजका […]

प्रधानमन्त्री ओलिकाे स्वास्थ्यमा सुधार

बिराटनगर । अस्वस्थ भएर अाराम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री अाेली शिक्षण अस्पतालमा उपचारपछि बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे अाैपचारिक रुपमा कुनै जानकारी नगराए पनि उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले […]

अब अप्रेशन ५ हजारमै

बाजुरा । पेट दुखेर छटपटाइरहेकी गौमूल–४ की ३६ वर्षीया रितु रोकायालाई परिवारले जिल्ला अस्पताल पुर्‍यायो । परीक्षण गर्दा उनको सानो आन्द्रामा घाउ देखियो । पाकेर पिप जमिसकेको थियो । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने ठहर्‍याए । त्यो तहको शल्यक्रिया त्यसअघि जिल्ला अस्पतालमा भएकै थिएन । ‘अरू अस्पताल पुर्‍याउँदासम्म ज्यानै जान सक्थ्यो,’ डा. दुर्गाराज महर्जनले भने, ‘त्यसैले […]

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव

बिराटनगर । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ। संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो। मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल संयोजक रहेका संघीय व्यवस्थापन समितिले […]

दसैंमा दुई दिन भन्दा बढी ओपिडी बन्द नगर्न अस्पताललाई पत्र

बिराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो। मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाइसकेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.