फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
आन्दोलनरत शिक्षक र सरकारबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीचको विहीबारको बैठक पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले शुक्रवार टुंग्याइने बताए । मन्त्री गुरुङले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए । नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको जनाएको छ […]

मोरङमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटुवाल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेशभरिबाट उत्कृष्ट कार्य गरेको भन्दै वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरिएको हो ।विभागीय मूल्यमान्यता, आदेशनिर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै कटुवाललाई भदौ महिनाको […]

शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै हजारौं शिक्षक काठमाडौंमा

काठमाडौँ। संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे भएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो […]

समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)

उर्लाबारी,२९ भदौ। उर्लाबारी नगरपालिका ८ स्थित अरनिको माध्यमिक विद्यालयमा शुक्रवार बाल दिवस मनाईएको छ । विशेष कार्यक्रमको आयोजना गरी विद्यालयको सभाहलमा बाल दिवस मनाइएको हो । सो अवसरमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको प्रधानाध्यापक सुर्यमान सेरेङले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी उर्लाबारी ( ८ निवासी रुपेश खतिवडाले बाल कक्षादेखि ९ सम्मका १३ […]

कार्यशैली सच्याउन सभापति देउवालाई शेखर कोइरालाको चेतावनी

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् । मंगलबार आफूपक्षीय नेताहरूको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरू आफ्नै तरिकाले […]

आज संविधान दिवस: कोशी प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोशी प्रदेशमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक […]

स्थानीय तहहरुले भने- विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

काठमाडौं । स्थानीय तहहरुले संघीय विद्यालय शिक्षा विधेयक संघीयता विरोधी रहेको निष्कर्ष निकालेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले उक्त विधेयकले संघीय प्रणालीलाई नै चुनौती दिएको र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप गरेको बताएका छन् । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संघीय सरकारले यस्तो विधेयक ल्याउनु नै संविधान विपरीत हुने जिकिर […]

‘सबै पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा […]

‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए । उनले भने, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’ गत भदौ २९ गते […]

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.