अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भूटानी राजालाई अपिल

दमक । भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ । सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भूटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त […]

सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई

काठमाडौं। सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्। क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ । उच्च सरकारी स्रोतका अनुसार, […]

कोशीमा कृषि अनुदानको चरम दुरुपयोग: सरकारबाट रकम लिएर अन्यत्रै लगानी

कोशी । इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५र७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ। प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त […]

भोजपुरमा खडेरीका कारण मकै नष्ट, किसान मारमा

टक्सार । भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ । जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी […]

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटायो

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ ।अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उहाँहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिनुभयो । “हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ । अधिकांश करारका कर्मचारीको अभिलेखसमेत छैन । अभिलेख […]

मधेशमा अझै ४१ प्रतिशत खेत बाँझै,कोशीमा चाहिँ ८४ प्रतिशत रोपाइँ सकियो

काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गएको वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको […]

आर्थिक वर्ष २०७९\८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् । गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब बराबर रहेको छ । […]

विराटनगरमा साउन २० गते ‘तनस्का फेसन शो रनवे’ हुने

विराटनगर, ११ साउन । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले विराटनगरमा पत्रकार सम्मेलन गर्दै फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, […]

विराटनगरमा क्यासिनोः विदेशी रकम आर्जन, राजस्व र पर्यटन प्रवर्द्धनको गतिलो माध्यम

अबिजाल बिष्ट/ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दुईवटा क्यासिनो सञ्चालनमा आएपछि रोजगार, पर्यटन प्रवर्द्धन, व्यापार वृद्धि हुनाका साथै वैदेशिक रकम भित्रिन टेवा पुगेको छ । विराटनगरमा हाल रत्न होटलमा स्मार्ट क्यासिनो र विग होटेलमा च्याम्पियन जोन नामको क्यासिनो सञ्चालनमा छ । यिनीहरुमा दैनिक दुई सयको हाराहारीमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् । नेपालीलाई […]

श्रावण महोत्सवले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिएको पूनम राठीको दाबी

विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा विराटनगरमा दुई दिने श्रावण महोत्सव सम्पन्न भएको छ । मञ्चले हरेक वर्षको साउन महिनामा गर्दै आएको महोत्सव साउन ५ र ६ गते विराटनगरको अतिथि सदनमा सम्पन्न गरेको हो । चर्चित करेन्ट ब्रान्डका चाउचाउ र स्न्याक्सका उत्पादक यशोदा फुड्स मुख्य प्रायोजक रहेको महोत्सवमा भारतको कोलकाता र बनारसबाट ल्याइएका सारी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.