खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
यू-१६ क्रिकेटमा नेपालले मलेसियालाई २२१ रनले हरायो,नेपालको ह्याट्रिक

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू(१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ […]

 झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

बाहुनडाँगी ।  झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका […]

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेताले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जनाउनु भयो । बैठकपछि पत्रकाहरुसँग पाण्डेले भन्नसभयो, […]

मोरङमा अविरल वर्षाबाट हुने जोखिम कम गर्न पूर्वतयारी

विराटनगर । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् । तीन दिन कोशी र मधेस प्रदेशको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि तथा पर्यटनलगायत क्षेत्र […]

‘एसईई’: रुजु सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । ‘असारको तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने […]

नेपाल बारले आज बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा यही असार १८ गते दशैभरिका अदालतहरुमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात […]

बागमती प्रदेशसभा बैठक आज बस्ने, विवाद टुङ्ग्याउने सम्भावना

काठमाडौं । बागमती प्रदेशसभाको आज साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भाई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतवार साँझ बस्ने भनिएको बैठक आज सोमवारका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव […]

प्रेस चौतारी कोशी प्रदेशले ध्यानाकर्षण पत्र बुझायो, खबरदारी र संघर्षबाटै सबै सक्रिय पत्रकारहरुको हकहितका लागि चौतारी पछि नहट्ने

राम चौधरी, बिराटनगर । प्रेश चौतारी नेपाल कोशी प्रदे्शले सदस्यता शुद्धिकरण र नयां सदस्य बितरणको १५ बुन्दे मापदण्डलाई पालना गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ । आज बिराटनगर स्थित नेपाल पत्रकार महासंघ कोशी प्रदेशको कार्यालयमा महासंघको अध्यक्ष लिलाबल्भव घिमिरेलाई चौतारी प्रदेश अध्यक्ष अबिजाल बिष्टले ध्यानाकर्षण ज्ञापन पत्र बुझाएका हुन । चौतारी नेपाल […]

कोशी प्रदेशको नामाकरणबाट एमाले पछि हट्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पार्नु भएको छ । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले बताउनु भयो । कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताउनु भयो । कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको […]

कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी

विराटनगर । कोशी प्रदेशको समृद्धिको आधार बन्न सक्ने कोशी करिडोरमा अझै झण्डै छ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ । नेपाली सेनालाई खाँदबारी–किमाथाङ्का खण्डमा साँढे १० किमी ट्र्याक खोल्न दिइएकामा अहिले सो काम भइरहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयले जनाएको छ । सरकारले दुई वर्ष पहिले सो खण्डको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएको थियो । आयोजना […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.