अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
भुक्तानी नपाएपछि आन्दोलन चर्काउँदै निर्माण व्यवसायी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाएको छ । महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाएको महासंघले जनाएको छ । भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ ।प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ । यसअघि कोरोना संक्रमितको उपचारका लागि बनाइएको डेडिकेटेड अस्पताललाई […]

कोशीमा सरकार बनाउन प्रदेश सभामुखको सहभागिताबारे सर्वोच्चको फैसला स्वीकार्य हुन्छ: सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्वीकार्य हुने बताउनुभएको छ । उहाँले अदालतमा विचाराधिन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने कुरा हुन सक्ने भएकोले आफूहरुले सो विषयमा छलफल गरेपनि अहिलेनै कुनै निष्कर्षमा पुग्न आवश्यक नदेखेको टिप्पणी समेत गर्नुभयो । आइतबार काठमाडौंमा आयोजित ‘संघीय संसद […]

एक क्विन्टल सुन प्रकरण: भन्सारका तीन कर्मचारी र तीन एजेन्ट पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको हो । यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई […]

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्चमा निरन्तर बहस

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा निरन्तर बहस सुरु हुँदैछ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते दिएको रिटमा बहस हुन लागेको हो । कार्कीको रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सुनुवाइ गर्दै विपक्षी रहेका प्रदेश प्रमुख, […]

दुर्गम किमाथांकामा पहिलोपटक जिएसएम सेवा

किमाथांका । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम ९टुजी० सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी […]

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ: मुख्यमन्त्री थापा

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गर्नुभएको हो । वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उहाँको भनाइ छ । […]

अवैध सुन बरामद प्रकरणमा छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप […]

इटहरीमा मोटरसाइकल र पिकअप ठोक्किदाँ तीनजनाको मृत्यु

इटहरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

संघीय संसद र सातै प्रदेशका सभामुख-उपसभामुख काठमाडौंमा

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्ले बनाएका कानुनहरूले जनअपेक्षाको सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिनु भएको छ । काठमाडौंको चन्द्रागिरिमा शुक्रवार संघीय संसद र सातै प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको अवसरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । जनताका अपेक्षा पूरा गर्न संघदेखि तलसम्म प्रभावकारी छलफल हुन आवश्यक रहेको पनि उहाँले बताउनु भयो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.