फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
पाथीभरा मन्दिरको रकम गोलमोल सम्बन्धमा छानबिन समिति गठन

इलाम। इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार […]

कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश

विराटनगर । कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८र७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो । यसैबीच विशेषस समयमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको नागरिकता विधेयकको विषयमा सङ्घीय संसद्मा भइरहेको विरोध राष्ट्रहितमा नरहेको बताउनुभयो । उहाँले नागरिकता विहीन […]

बजेट सच्याउन एमाले अध्यक्ष ओलीको सरकारलाई सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बजेट सच्याउन सुझाव दिएका छन् । बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेट सच्याएवापत सरकार असफल भयो नभन्ने बताए । उनले भने, ‘सच्याउनुस् बजेट। सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ हामी। देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ ।’ उनले यो बजेट […]

अस्पतालमा निःशुल्क पार्किङको व्यवस्था गर्न उपभोक्तावादीको माग

काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा क्रियाशील उपभोक्ता जागरण अभियान नेपालले अस्पतालहरुमा निशुल्क सवारी साधन पार्किङको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाउँदै जागर अभियानले एउटा बिरामीबाट एक पटकमा उपचारका नाममा लाखौं रकम असुल्ने अस्पतालहरुले पार्किङ शुल्कका नाममा ठगी गरिरहेको भन्दै तत्काल निशुल्क व्यवस्था गर्न माग […]

सप्तरीको कृष्णासवरण गाउँपालिका – ५ का वडाध्यक्ष घुससहित पक्राउ

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।      

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश ! प्रतिपक्षको विरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको बैठकको सुरुमै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध गर्न थालेपछि सभामुखले नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो । प्रमुख सचेतक गिरीले […]

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रस्तुत बजेट माथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आज मंगलवार विहान ११ बजे बस्ने भएको छ । बैठकमा आव २०८०र८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने हुने भएको छ । प्रतिनिधिसभामा हिजोदेखि आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले […]

राजनीतिक महत्व बोकेको सुनसरीको एक विद्यालयमा बल्ल पर्याप्त खानेपानीको व्यवस्था गरिँदै

दुहवी । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा अध्ययन गरेका तीनजना केन्द्र तथा प्रदेशका मन्त्रीसम्म भए । तर लामो समय मन्त्री हुँदा पनि उक्त विद्यालयमा पर्याप्त खानेपानीको पहुँच पुग्न सकेन । धेरै समयको प्रयासपछि अब भने यस विद्यालयमा बल्ल पर्याप्त खानेपानीको सुविधा हुने भएको छ । यस विद्यालयमा स्टोरेज ट्यांकसहितको खानेपानीको पहुँच पुग्ने भएको छ । […]

पत्रकारिता क्षेत्रको इमान्दारिताले समाजमा महत्वपूर्ण परिर्वतन: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिका महत्वपूर्ण  हुने  बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा सोमवार विराटनगरमा आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उहाँले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गर्नुभयो । पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको […]

कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादी प्रयास कति सम्भव ?

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारको नेतृत्व सम्बन्धमा फरक निर्णय गरेको छ । उक्त पार्टीको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशनपछि बसेको बैठकले यस विषयमा थप छलफल गर्नुपर्ने आवश्यक भएकाले समर्थन फिर्ताको निर्णय भने नगरेको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.