फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
विराटनगर महानगरले पञ्चेबाजासहित रोपाइँ गर्यो

विराटनगर । राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ । पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समिति संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हीरालाल कामत, वडासदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, […]

यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुग्यो

काठमाडौं । यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय दुई दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ । दुई सय ८० वटा कम्पनीहरुको यो साता तीन लाख २६ हजार नौं सय ६४ पटकको कारोबारमा पाँच करोड ३१ लाख पाँच हजार १० कित्ता शेयर किनबेच […]

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । अलराउन्डर अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३।५ ओभरमा ९९ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद […]

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता

संखुवासभा । संखुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको […]

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अभियोगमा उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, एमाले सबै प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । मंसिर ४ को चुनावपछि कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसहितको समीकरण बनाउँदा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व गरेको एमाले अहिले सबै प्रदेशबाट बाहिरिएको छ । एमाले नेतृत्वको ७ दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको हो । पुस १० गते बनेको सातदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा टुटेको थियो […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीे आज विश्वासको मत लिने तयारीमा

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो । मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दिनभरि नखुल्ने

चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खस्ने क्रम जारी छ । पन्छाउने तयारी […]

‘आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको थिएँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताउनु भएको छ । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उहाँले जनाउनु भयो । धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, […]

कोशीमा सर्वपक्षीय सरकार सम्भव नभए मध्यावधिमा जाने अवस्था आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै कार्कीले सर्वपक्षीय सरकारको विकल्प नरहेको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् । ‘विनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं साथीहरू । फेरि पनि भोलि […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.