कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

त्यसअघि बैठकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले प्रस्ताव र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङले समर्थन प्रस्तुत गरेका थिए । उल्लेखित पदमा एउटा मात्रै प्रस्ताव परेकाले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा उपसभामुखले गरे ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसंगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.