समाजसेवी गोयलद्धारा २ सय बिद्यार्थीहरुलाई स्विटर तथा उलन टोपी बितरण साथै १५ जनालाई छात्रबृद्धि प्रदान

समाजसेवी गोयलद्धारा २ सय बिद्यार्थीहरुलाई स्विटर तथा उलन टोपी बितरण साथै १५ जनालाई छात्रबृद्धि प्रदान

झापा । विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले शनिबार झापाको एक सामुदायिक बिद्यालयमा अध्ययनरत २ सय भन्दा बढि विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेका छन् । १५ भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा दिवा खाजा उपलब्ध गराएको छन् ।

समाजसेवी दिनबन्धु गोयलका दाजु स्व. ओमप्रकाश गोयलको सम्झनामा झापा जिल्लाको भद्रपुर नगरपालिका–५ स्थित गौतमबुद्ध आधारभुत विद्यालयमा अध्ययन गर्ने बिपन्न परिवारका २ सयभन्दा बढि विद्यार्थीलाई स्विटर तथा जाडोको न्यानो कपडा साथै उलन टोपी बितरण गरेका हुन् । सोही बिद्यालयमा अध्ययनरत १५ भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने दिवा खाजा समेत बितरण गरिएको छ ।
नगरपालिकाले यस्ता समाजसेवीहरुको पहल र सहयोगले सामुदायिक बिद्यालयको गुणस्तर उकास्ने सहयोग पुग्ने र बिद्यालय भर्ना भएर बिचैमा बिद्यालय छोड्ने बिद्यार्थीहरुको सख्यामा न्युनिकरणका लागि थप सहयोग पुगेको भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले बताएका छन् । अन्य बिद्यालयहरुमा पनि सहयोग गरिदिन मेयर पोखरेलले आग्रह गर्दै समाजसेवी गोयललाई बिद्यालयमा अध्ययन गर्ने केटा केटी ती साना भाईबहिनीहरुलाई गरेको सहयोग खेर नजाने आश्वासन दिलाए ।

समाजसेवी दिनबन्धु गोयलले दाजु स्व। ओमप्रकाश गोयलको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेको र कोषमा रहेको रकम मध्येबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याज रकमले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत जेहेन्दार १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको बताएका छन् ।
विद्यालयको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्त, विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले विद्यार्थीलाई जाडोको न्यानो कपडा र छात्रवृत्ति वितरण कार्यक्रममा आफनो मन्त्ब्य राखेको थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.