कोशी प्रदेशले महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गर्यो

कोशी प्रदेशले महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित  गर्यो

१२ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । ६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७।४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो ।

कोशीलाई तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे । ११८ रनको साझेदारी गरेर काजल जितका लागि १ रन बाँकी हुँदा अनु कडायतको बलमा लक्ष्मी साउदको हातबाट क्याच भइन् । ४८ बल खेलेकी काजलले ८ चौकाको मद्दतमा ५४ रन बनाइन् ।

५५ बलमा ८ चौका हानेर ५१ रन बनाएकी रुबिना नट आउट रहिन् ।काजल आउट भएपछि ब्याटिङमा आएकी अप्सरी बेगम डकआउट भइन् । त्यसपछि विमला मलाहाले आफ्नो दोस्रो बलमा चौका हान्दै टिमलाई जिताइन् ।त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । उसका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३९ बलमा ५ चौका प्रहार गरिन् । सम्झना खड्काले २७ रन बनाइन् । कविता जोशी २६ रेवती धामी २० मा अविजित रहिन् ।

कोशीका लागि सबनम राई र अप्सरी बेगमले समान १र१ विकेट लिए ।कोशीले ६ खेलमा एक मात्र हार बेहोरेको छ । कोशी एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।प्रतियोगिताको दोस्रो हार व्यहोरको सुदूरको पनि प्ले अफ पुग्ने संभावना बलियो छ । यसअघि सुदूर एपीएफसँग ९ विकेटले पराजित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.