उच्च माध्यमिक तहको परिक्षा तयारी अन्तिम चरणमा

उच्च माध्यमिक तहको परिक्षा तयारी अन्तिम चरणमा

विराटनगर । कोशी र मेची अञ्चल हेर्दै आएको उच्च माध्यमिक शिक्षा परिषद विराटनगरले परिक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
पुर्वाञ्चलका १० जिल्ला हेर्दै आएको परिषदले परिक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको हो । डाटा इन्ट्रि र सिम्बलीङ्गको बाँकी कार्य तिब्र रुपमा जारी रहेको तथा इलाम, पाचथर, संख्वासभा लगायतका पहाडि जिल्लाहरुमा उत्तर पुस्तिका पुगिसकेको परिषद्ले जनाएको छ। यस पटक आंशिक र नियमित दुवै तर्फ गरि १ लाख २० हजार परिक्षार्थी परिक्षामा सहभागि हुनेछन् ।

गत बर्ष १ सय ३५ परिक्षा केन्द्र भएकामा यस पटक बढेर १ सय ४३ परिक्षा केन्द्र पुगेको छ । यस पटक देखि ७ बर्ष सम्म परिक्षामा फेलभएकाहरु समेत परिक्षा दिन पाउने तथा ग्रेडिङ व्यवस्था लागू भएपछि विद्यार्थी संख्या ह्वात्तै बढेको कार्यालय प्रमुख दीर्घध्वज चापागाईले बताउनुभयो। जिल्लाहरुका परिक्षा केन्द्रहरु जिल्ला परिक्षा समन्वय समितिले हेर्ने गरेको छ भने यसको अनुमोदन उच्च माध्यमिक शिक्षा परिषदले गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.