‘अध्यक्ष ओलीमाथि भएको अस्वभाविक व्यवहारको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको छ’

‘अध्यक्ष ओलीमाथि भएको अस्वभाविक व्यवहारको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको छ’

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले धनकुटाको लेगुवा बजारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति भएको अभद्र व्यवहारलाई लिएर भएको अनर्गल प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

विहीबार एक विज्ञप्ति प्रकाशन गर्दै उनले भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा अध्यक्ष ओलीलाई उत्तेजित व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर भएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । विहीबार एक विज्ञप्ति जारी गर्दै गौतमले तथ्य नबुझी अनर्गल प्रचार नगर्न र जनमानसमा भ्रम नछर्न सम्वन्धित सवैमा अपिल गरेका छन् ।

विज्ञप्तिमा एमाले प्रचार विभाग प्रमुख गौतम लेख्छन्, ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली विहीबार भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी) भन्ने व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । तथ्य नबुझी अनर्गल प्रचार नगर्न ,जनमानसमा भ्रम नछर्न, सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.